बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ ।
बैकिङ कसुर मुद्दाको फरार प्रतिवादी सुनसरी धरान उम–महानगरपालिका–१२ का ३३ बर्षिय श्रबण कुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।
बैकिङ कसुर मुद्दामा मिति २०७७ माघ २६ गते को सजाय निर्धारण फैसला आदेशले ३ दिन कैद र रु.२ लाख ४० हजार जरिवाना भई असुल गर्न बाँकी रहेका ठाकुरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्दा गाँउघरमै लुकीछिपी बसेको अबस्थामा पक्राउ गरी मंगलबार जिल्ला अदालत सुनसरीमा दाखिला गरी कारागार चलान गरिएको छ ।