लागुऔषध सहित १ जना पक्राउ

सुनसरी ।
सुनसरीको धरान उप–महानगरपालिका–२ भानुचोकबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा धरान–१३ का २७ बर्षिय मिलन तामाङ रहेका छन् ।
मंगलबार बिहान पौने ६ बजे वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा तामाङको साथबाट डाईजेपाम ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, एभिल ८ एम्पुल, नाईट्रोजोपाम ५० ट्रयाब्लेट र स्पास्मो प्रोक्सिभन १८ ट्याब्लेट बरामद गरेको हो ।
तामाङलाई ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी थप अनुसन्धान गरिहरेको छ ।