मोटरसाईकल चोरी गर्ने ३ जना झापाबाट पक्राउ

झापा ।
झापामा मोटरसाईकल चोरीमा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका–१ का २१ बर्षिय आशिष सुब्बा, सुर्योदय–८ का २१ बर्षिय विवेक घिमिरे र झापा बिर्तामोड नगरपालिका–३ बिर्ताबजार का २६ बर्षिय रंजित राजवंशी रहेका छन् ।
झापा जिल्लामा मोटरसाईकल चोरीको घटना बृद्धि भए पश्चात ईलाका प्रहरी कार्यालय अनारमनि झापाबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा उनिहरुको साथबाट चोरी भएको मे ६ प २५०५ नम्बरको १५० सिसिको पल्सर मोटरसाईकल र मे ११ प ९७३५ नम्बरको १५० सिसिको एफ जेट मोटरसाईकल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुलाई प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।