झापाबाट अफिम सहित २ जना पक्राउ

झापा ।
झापा मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट प्रहरीले लागुऔषध अफिम सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत फ्रोजपुर का २५ बर्षिय केयर सिंह र भारत मौगा का २५ बर्षिय सुखजित सिंह रहेका छन् ।
सोमबार बेलुका ४ बजे भारतबाट नेपाल आउदै गरेको उनिहरुलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ११ ग्राम अफिम सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।