झापामा डुवेर एकको मृत्यु

झापा ।
झापाको गौरीगंज गाउँपालिका–२ पिण्डानघुटु स्थित खोलामा माछा मार्न गएका १ जना पुरुषको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका १ का ३८ बर्षिय भिम सोरेन रहेका छन् ।
सोरेन शनिबार बेलुका माछा मार्न गएकोमा बिहानसम्म घर फर्कि नआएको भनि प्रहरीलाई खबर गर्नासाथ तत्काल प्रहरी टोलि खटि खोजतलास गर्ने क्रममा आइतबार साढे २ बजे खोलामा डुबी मृत अबस्थामा फेला परेको हो ।
घटना सबन्धमा ईलाका प्रहरी कार्यालय गौरीगंजबाट थप अनुसन्धान भइरहेको छ ।