ए डिभिजन लिगमा आर्मीको पहिलो जित

विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई १–० ले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो ।
आमीले पहिलो खेलमा पुलिससँग १–१ गोलको बराबरी खेल्दा मच्छ्रिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो ।
बीबीसीले भने लिगमा पहिलो हार बेहोरेको छ । बीबीसीले पहिलो खेलमा एपीएफलाई ३–२ ले पराजित गर्दा एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो । जितसँगै आर्मीको ३ खेलबाट ५ अंक पुगेको छ । पराजित बीबीसीको ४ अंक छ ।