भरुवा बन्दुक सहित १ जना पक्राउ

खोटाङ ।
खोटाङ ऐसेलुखर्क गाँउपालिका–२ स्थितबाट भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० बर्षिय संजय राई रहेका छन् ।
आइतबार दिउँसो ३ बजे बिशेष सुचना प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरी टोलि खटि गई राईको घर खानतासी गर्दा १ थान भरुवा बन्दुक सहित उनलाई नियन्त्रणमा लिएको हो ।
घटना सबन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ