दुई सय पाँच जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा नेपालमा दुई सय पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार सात सय ४७ जनाको नमुना परीक्षण गर्दा दुई सय पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा चार सय ३६ जना सङ्क्रमित निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख चार हजार पाँच सय ४४ पुगेको छ ।
यही अवधिमा एक जनासहित कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ४१ पुगेको छ ।
अहिले नेपालमा ६ हजार पाँच सय सात जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।