नोबेलमा पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण

बिराटनगर ।
विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भएका पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण कार्यक्रम गरिएको छ । सीटीईभीटीको पारामेडिकल कार्यक्रम अन्र्तगत डिप्लोमा ईन फार्मेसी, ल्याव टेक्निसियन, डेन्टल हाईजिन र रेडियोग्राफीमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरिएको हो ।

कार्यक्रममा विद्यार्थीहरुलाई अबिर र खादा लगाएर स्वागत गर्दै नोबेल मेडिकल कलेजका बारेमा जानकारी गराइएको छ । कार्यक्रममा कलेजका प्राचार्य प्रा.डा.रामहरी घिमिरे, सह–प्राचार्य प्रा.डा.रितु बराल, नायब प्रमुख कार्यकारी अधिकृत डा.विश्वनाथ अधिकारी, जेनेरल मेनेजर रुद्रप्रसाद शर्मा लगायतले बिद्यार्थीलाई अनुशासित भई मेहनत गरेर अध्ययन गर्न सुझाव दिए ।
नोबेलमा तीन बर्षे पारामेडिकल कार्यक्रम अन्र्तगतका चार संकायमा पूर्वी नेपालका विभिन्न जिल्लाका १०६ बिद्यार्थी भर्ना भएको कलेजको शैक्षिक बिभागका सुरेन्द्र घिमिरेले जानकारी दिए । नोबेलमा डीएम एमसीएच, एम्डी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, बीपीटी, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।
गुणस्तरीय शिक्षाका क्षेत्रमा अग्रणी मानिने नोबेल मेडिकल कलेजमा नेपालका विभिन्न जिल्लासहित छिमेकी मूलुकबाट पनि विद्यार्थीहरु अध्ययनका लागि आउँने गरेका छन् ।