ताप्लेजुङमा ट्याक्टर दुर्घटना, २ को मृत्यु, २ घाईते

ताप्लेजुङ ।
ताप्लेजुङको सिरिजंघा गाउँपालिका ३ बोखिम स्थितमा ट्याक्टर दुर्घटना हँुदा २ जनाको मृत्यु भएको छ । २ जना घाईते भएका छन् ।
शुक्रबार बेलुका पौने ४ बजे ओरक्पाबाट कुन्जरी तर्फ गोलिया लिएर जादै गरेको मे१त ६८९३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटना हुँदा चालक सोही स्थानका फुङलादिनका २३ बर्षिय अमिन लिम्बु सहित २५ बर्षिय बसन्त लिम्बु, १५ बर्षिय समिर लिम्बु र १९ बर्षिय सुसन लिम्बु घाईते भएका थिए ।
घाईते बसन्त र अमिनलाई हेलिकप्टर द्वारा घोपा धरान र समिर र सुसनलाई एम्बुलेन्स द्वारा अस्पताल पठाईएको थियो । घाईते मध्ये बसन्तको घोपा धरानमा उपचारको क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको छ भने समिरको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पुर्याउन साथ बेलुका साढे ६ बजे मृत्यु भएको हो । अन्य घाईते अमिन लिम्बुको घोपा धरानमा र सुसन लिम्बुको तेल्लोक प्राथमिक स्वास्थ्य केन्द्र उपचार भइरहेको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट थप अनुसन्धान भइरहेको छ ।