ब्राउन सुगर सहित झापामा एक पक्राउ

झापाको मेचिनगर नगरपालिका ४ राईसिङ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षिय सम्बर बहादुर आले मगर रहेका छन् ।

शुक्रबार बेलुका ५ बजे प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको भारतिय मोटरसाइकलमा सवार रहेका मगरको साथबाट ब्राउन सुगर १४ ग्राम बरामद गरेको हो ।
प्रहरीले उनलाई मोटरसाइकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय काकँरभिट्टाले जनाएको छ ।