दुई सय ३८ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा दुई सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार सात सय ९७ जनाको नमूना परीक्षण गर्दा दुई सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ९२ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख चार हजार एक सय आठ जना पुगेको छ । यस्तै थप पाँच जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ४० जना पुगेको छ । अहिले नेपालमा ६ हजार सात सय ४४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।