ए डिभिजन लिग : मनाङ र संकटाको बराबरी

सहिद स्मारक ए डिभिजन लिगमा नेपाल आयल निगम मनाङ मस्याङ्दी क्लब र संकटा क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा संकटाका निरज बस्नेत र उत्तम राईले गोल गरे । मनाङका दयानन्द सिंह र फ्रान्कलिन कोटे टालाले गोल फर्काए ।
जारी लिगमा मनाङको यो पहिलो बराबरी हो । यसअघि मनाङले जावलाखेल र हिमालयन शेर्पालाई समान १–० ले पराजित गरेको थियो । यस्तै अपराजित संकटाले पहिलो खेलमा शेर्पासँग १–१ गोलको बराबरी खेल्दा दोस्रो खेलमा फ्रेन्ड्समाथि २–१ को पूनरागमन जित निकालेको थियो ।
बराबरीसँगै अपराजित रहेको मनाङले शीर्षस्थानको सातदोबाटो युथ क्लबसँग अंक बराबरी गरेको छ । मनाङको ३ खेलबाट ७ अंक पुगेको छ । संकटाको ३ खेलबाट ५ अंक छ ।