दुई सय ४६ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा दुई सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार आठ सय ३६ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव १३ प्रतिशत अर्थात् दुई सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि पहिलो पटक दैनिक विवरणअनुसार कसैको पनि ज्यान नगएको हो ।
नेपालमा अहिलेसम्म ११ हजार पाँच सय ३५ जनाले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा तीन सय ४७ जना निको भएसँगै अहिलेसम्म आठ लाख तीन हजार सात सय १६ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । अहिले नेपालमा ६ हजार नौ सय २१ जना सक्रिय सङ्क्रमित छन् ।