कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक

कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माकाअनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ६३ जनाले ‘ए’ प्लस ल्याएका छन् । यस्तै, ४८ हजार २ सय ३९ जनाको ग्रेड ‘ए’ आएको छ ।
७० हजार १ जनाले ‘बी’ प्लस र ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’ ग्रेड ल्याएका छन् । त्यसैगरी ‘सी’ प्लस ल्याउनेको सङ्ख्या ७५ हजार ८८ र ‘सी’ ग्रेड ल्याउनेको सङ्ख्या २४ हजार ५ सय १५ जना रहेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार ‘डी’ प्लस ल्याउने परीक्षार्थी ३ हजार ८७५ रहेका छन् भने ‘डी’ ल्याउने परीक्षार्थी २९६ जना छन् ।
१० हजार ७३ परीक्षार्थीले ‘ई’ ग्रेड ल्याएका छन् ।
गएको भदौ ३० गतेदेखि असोज ८ गतेसम्म १२ कक्षाको परीक्षा भएको थियो ।