सुन तोलामा १ सय रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँ घट्यो

विराटचोकः नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन र चाँदी दुवैको मूल्य घटेको छ ।

सुन प्रतितोला १ सय र चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला ७२ हजार र तेजाबी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै चाँदीको भाउ प्रतितोला ८ सय ६० रुपैयाँ कायम भएको छ ।