खाँदबारी नगरपालिकाले बाँदर नियन्त्रण गर्न छुट्यायो २ लाख रुपैयाँ

खाँदबारीः नगरपालिकाका सबै वडामा बाँदरको बिगबिगी बढेपछि खाँदबारी नगरपालिकाले नगरपालिकाभित्र बाँदर नियन्त्रण गर्न २ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बाँदरले नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ८, ९ र ११ मा बढी दुःख दिएको नगरपालिकाले जनाएको छ । वडा नम्बर ८ राम्चे, पिप्लेलगायत क्षेत्र तथा वडा नम्बर ४ को जौखोरिया, डाँडागाउँ, टारली गाउँ, बरुवाल गाउँ, पाङ्मा, भोटेबास, निभारे, भाङ्खर्कलगायतका क्षेत्रमा बाँदरले बढी दुःख दिएको स्थानीय बताउँछन् ।

नगरवासीले बाँदर नियन्त्रणका लागि बारम्बार आग्रह गरेपछि स्थानीयले उपमेयर डेगेश्वरी श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत कोमलप्रसाद धमलासमक्ष बाँदर नियन्त्रणका लागि अनुरोध गरेका थिए ।