संखुवासभामा डुबेर एक बालकको मृत्यु

संखुवासभा मकालु गाँउपालिका–५ चौलाखर्कमा ८ महिनाको बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा हर्क बहादुर तामाङको ८ महिनाको छोरा सक्षम तामाङ रहेका छन् ।

मंगलबार दिउँसो पौने ३ बजे घर नजिकैको माछा पोखरीमा डुबेर घाईते भएका बालकलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र नुम लगिएकोमा उपचारको क्रममा पौने ५ बजे मृत्यु भएको हो ।
घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भईहरेको छ ।