प्रतिबन्धित औषधि सहित पथरीबाट २ जना पक्राउ

मोरङ ।
मोरङ पथरीशनिश्चरे नगरपालिका १ बुद्ध चौकबाट प्रतिबन्धित औषधि सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पथरीशनिश्चरे २ का २० बर्षिय सल बहादुर गुरुङ र २० बर्षिय सागर गोसनी रहेका छन् ।
बुधबार बेलुकी पौने ४ बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा उनिहरुलाई प्रतिबन्धित औषधि ट्रमाडोल १४८ ट्याब्लेट र स्पास्पेन १०९ ट्याब्लेट सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भइरहेको छ ।