बिराटनगरबाट लागूऔषध सहित एक पक्राउ

मोरङ ।
मोरङको विराटनगर महानगरपालिका १५ स्थितबाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उप–महानगरपालिका १५ का २१ बर्षीय बिशाल खड्का रहेका छन् ।

आज बिहान साढे ७ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लुपिजेसिक २० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल २० एम्पुल, फेनारगन १० एम्पुल , डाईजोपाम १० एम्पुल, नाईट्रोसन ३० ट्याब्लेट सहित पक्राउ गरेको हो ।
पक्राउ परेका खड्काको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।