एक सय ५८ जनामा कोराना सङ्क्रमण

आइतबार नेपालमा पीसीआर र एन्टिजेन गरी आठ हजार नौ सय १८ जनाको नमुना परीक्षण गर्दा एक सय ५८ जनामा कोराना सङ्क्रमण पुष्टि भएको छ ।
नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख २० हजार आठ सय ७८ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९५ हजार चार सय ७२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि सात हजार जनाभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा तीन सय ४२ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार नौ सय ६६ जनामा झरेको छ । नेपालमा अहिलेसम्म आठ लाख दुई हजार तीन सय ८९ जना निको भएका छन् ।

यही अवधिमा दुई जनासहित कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय २३ जना पुगेको छ ।