ए डिभिजन लिग : नेपाल पुलिसले जावलाखेललाई हरायो

नेपाल पुलिस क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै पुलिसले लिगमा पहिलो जित निकालेको हो ।
यसअघि पुलिसले लिगको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो ।
पहिलो जितसँगै पुलिसले दुई खेलबाट ४ अंक जोडेको छ । लगातार दोस्रो हार बेहोरेको जावलाखेलले अंकको खाता खोल्न सकेको छैन ।