हात्तीको आक्रमणबाट झापमा एकको मृत्यु

झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
चियाबगानमा चियाको पत्ति टिप्ने क्रममा जंगली हात्तीले आक्रमण गर्दा भद्रपुर नगरपालिका–९ बस्ने ६० वर्षीय रामबहादुर बुर्जा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान ६ः३० बजेको समयमा मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई हात्तीले आक्रमण गरेको थियो ।