ए डिभिजन लिग : थ्री स्टार सातदोबाटोसँग पराजित

रुस्लान थ्री स्टार क्लब कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग स्तब्ध बनेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो खेलमा थ्री स्टार सातदोबाटोसँग १–० ले स्तब्ध बनेको हो ।
थ्री स्टारलाई स्तब्ध पार्न सातदोबाटोका सुदिप गुरुङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।
जितसँगै अपराजित सातदोबाटोले दुई खेलबाट ४ अंक जोडेको छ । पहिलो हार बेहोरको थ्री स्टारको ३ अंक छ । सातदोबाटोले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । थ्री स्टारले च्यासललाई ३–० ले पराजित गरेको थियो ।