मलेसियालाई ६ विकेटले हराउँदै नेपाल शीर्षस्थानमा

आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई ६ विकेटले हराउँदै शीर्षस्थानमा उक्लिएको छ । यो जितसँगै नेपालको शीर्ष स्थानमा रहँदै आगमी वर्ष हुने टि२० विश्वकप ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनेको छ ।

जितको लागि ९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
त्यसअघि आइसिसी एकेडेमी दुबईमा टस हारेर ब्याटिङ निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन बनाएको थियो ।
नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेट र तेस्रो खेलमा कुवेतलाई ९ विकेटले हराएको थियो । नेपालले अन्तिम खेलमा आइतबार युएईसँग खेल्नेछ ।
नेपाल ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ शीर्षस्थानमा छ ।