काङ्ग्रेस मोरङ ३ को सभापतिमा गणेश खड्का बिजयी

नेपाली काँग्रेस मोरङ क्षेत्र नम्बर ३ को  सभापतिमा  गणेशकुमार खड्का विजयी भएका छन् । कोइराला समुहबाट चुनाव लडेको खड्काको प्यानल नै बिजयी भएको हो ।
बेलबारी १ स्थित तमु बुद्दिस्ट  गुम्बामा भएको  निर्वाचनमा खड्काले २ सय ५८ मत प्राप्त गरेका छन्  ।
सभापतिका अर्का प्रतिस्पर्धि देउवा समुहका राजेन्द्रप्रसाद ढकालले १ सय ९६ मत प्राप्त गरेका छन् । त्यसैगरी सभापतिकै अर्का उमेद्ववार केशव दुलालले १५ मत मात्र प्राप्त गरे ।
सोही निर्वाचनमा राजेन्द्र अधिकारी र राजेश खत्री सचिव निर्वाचित भएका छन् । सहचिवमा दिनेशकुमार सुवेदी र मोहनप्रशाद रिमाल बिजयी भएका छन् ।
सो निर्वाचनबाट महाधिवेशन प्रतिनिधिमा पनि कोइराला समुहबाटै बिजयी भएका छन् । ललित श्रेष्ठ,राजकुमार लिम्बू,महेन्द्र सुबेदी,नगेन्द्र कट्टेल,सुनिल शर्मा लगायत बिजयी भएका हुन ।
मोरङ क्षेत्र नं ३ मा ५१९ मतदाता रहेकोमा ५११ मत खसेको थियो ।