सभापतिमा उम्मेद्वारी दिने निधिको घोषणा

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आउँदो महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
काठमाण्डौको नयाँ बानेश्वरमा बिहीवार एक कार्यक्रम गरेर निधिले औपचारिक रूपमा सभापति पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो ।

उहाँले नेपाली कांग्रेसलाई एकताबद्ध बनाउने र देशलाई समृद्धिको दिशामा लैजानका लागि आफ्नो नेतृत्व आवश्यक रहेको पनि दाबी गर्नुभएको छ ।
आफ्ना योजना र प्रतिबद्धता पनि सार्वजनिक गर्नुभएका निधिले नेपाली कांग्रेस मूल पार्टी र विभिन्न भातृ सङ्गठनमा अहिले देखिएको भद्रगोल अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ ।