नियन्त्रित औषधी सहित धरानबाट एक पक्राउ

सुनसरी ।
सुनसरी धरान उमनपा ५ देउरालीका २४ को अनम राईलाई प्रहरीले नियन्त्रित औषधी सहित पक्राउ गरेको छ ।
मंगलबार बेलुका साढे ६ बजे अस्थाई प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरी टोलीले उनको घर कोठाबाट नियन्त्रित औषधी ट्रामाडोल ४२५० ट्याव्लेट र स्पास्पेइन ४३०० ट्याव्लेट बरामद गरेको हो ।
पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।