ब्राउन सुगर सहित झापाबाट एक पक्राउ

झापा ।
झापाको कन्काई नगरपालिका ७ बिरिङबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान ३ का २८ बर्षीय सुप्रकाश राई रहेका छन् ।


मंगलबार बेलुका ६ बजे जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण कार्यालय व्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको हो ।
पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।