प्रधानन्यायाधीशको बिरोधमा बिराटनगरमा प्रदर्शन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै उच्च अदालत विराटनगर बार एशोसिएशनले प्रदर्शन गरेको छ । बुधबार अदालत परिसरमा बारका पदाधिकारी लगायत केन्द्रीय पार्षदहरुले हातमा कालोपट्टी बाधेर धर्ना र बेन्च बहिष्कार गरेका हुन् ।

न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्ने माग गर्दै चरणवद्ध विरोधका कार्यक्रम सञ्चालन गर्ने विराटनगर बारले जनाएको छ ।

न्यायपालिकाको विकृति, विसंगती, भ्रष्टाचार विरुद्ध बारले आन्दोलन सुरु गरेको विराटनगर बारले मंसिर ५ गतेदेखि १० गतेसम्म बेन्च बहिस्कार गरेको छ ।