२४ घण्टामा ३ सय ३२ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा तीन सय ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार नौ सय २० जनाको नमुना परीक्षण गर्दा तीन सय ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख २० हजार चार जना र एन्टिजेन विधिबाट ९५ हजार तीन सय ९७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई सय ३२ जना सङ्क्रमणमुक्त भएका छन् । योसहित कोरोनाबाट निको हुनेको सङ्ख्या आठ लाख एक हजार एक सय २२ जना पुगेको छ ।
यही अवधिमा थप चार जनासहित नेपालमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणका कारण ११ हजार पाँच सय १३ जनाले ज्यान गुमाएका छन् ।

अहिले नेपालमा सात हजार तीन सय ६९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।