आईटीएफ टोली अस्ट्रिया प्रस्थान

काठमाडौंः अन्तर्राष्ट्रिय इन्स्ट्रक्टर कोर्स तथा टेक्निकल सेमिनारमा सहभागी हुन ६ सदस्यीय नेपाली टोली आज अस्ट्रियाको भियाना प्रस्थान गरेको छ ।

नोभेम्बर २२ देखि २४ तारिखसम्म हुने कार्यक्रममा सहभागी टोलीमा अन्जु रावत, बासुदेव भट्ट, अन्जना शिवाकोटी, निर्मला गुरुङ, दिलमाया गुरुङ र गणेश गुरुङ रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले आज एक कार्यक्रमबीच बिदाइ गरे ।