ए डिभिजन लिग : मनाङले जावलाखेललाई हरायो

नेपाल आयल निगम मनाङ–मस्र्याङ्दी क्लबले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । मनाङले जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै लिगमा सुखद् सुरुआत गरेको हो ।

मनाङको जितमा दोस्रो हाफमा दिनेश राजवंशीले गरेको गोल नै निर्णायक बन्यो । उनले ५७औं मिनेटमा गोल गरेका थिए ।

जितपछि मनाङले ३ अंक जोडेको छ । जावलाखेलले अंक जोड्न सकेन ।

लिगमा सोमबार पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबबीच तथा दोस्रो खेलमा मच्छिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ ।