ए डिभिजन लिग : एपीएफ बीबीसीसँग पराजित

सहिद स्मारक ‘ए’ डिभिजन लिगको आज भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले कतार एयरवेज एपीएफ फुटबल क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।
बीबीसीले एपीएफमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बीबीसीका दिनेश राईले दुई तथा सुरज गुरुङले एक गोल गरे । एपीएफका आशिष लामा र विक्की तामाङले गोल फर्काएपनि हार टार्न सकेन ।
जितपछि बीबीसीले ३ अंक जोडेको छ । एपीएफले अंक जोड्न सकेन ।