ए डिभिजन लिग : आर्मी र पुलिसको बराबरी

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा पुलिसले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो । पुलिसका सन्तोष हेमरुनले गोल गर्दा आर्मीका वैकल्पिक मिडफिल्डर विवेक बस्नेतले बराबरी गोल फर्काए ।
बराबरीपछि दुवै टोलीको समान १ अंक भएको छ ।