कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ८ लाख नाघ्यो

पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर गरी नौ हजार एक सय २३ जनाको नमुना परीक्षण गर्दा दुई सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १९ हजार १९ जना र एन्टिजेन विधिबाट ९५ हजार तीन सय १४ जना गरी कुल नौ लाख १४ हजार तीन सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

निको हुनेको सङ्ख्या आठ लाख जना नाघेको छ । पछिल्लो २४ घण्टामा तीन सय ७० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख तीन सय ५९ जना पुगेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा एक जना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ९६ पुगेको छ ।
अहिले नेपालमा सात हजार एक सय ६४ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।