झापाबाट ब्राउन सुगर कारोबार गरिरहेको अबस्थामा २ पक्राउ

झापाबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुन्धारा नगरपालिका ११ स्थित बसपार्कबाट एक होटल संचालिका ताप्लेजुङ श्रृजंगा गाऊपालिका ३ की २० बर्षीया अनिसा भट्टराई र ईलाम ईलाम नगरपालिका ६ का २८ बर्षीय मनिस राईलाई ब्राउन सुगरको कारोबार गरिरहेको अबस्थामा पक्राउ गरेको हो ।

उनिहरुको साथबाट प्रहरीले ब्राउन सगुर १ ग्राम २७० मिलि ग्राम बरामद गरेको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।