बेलबारीका बुद्धराज १६ केजी गाँजा सहित रंगेलीबाट पक्राउ

मोरङ ।
मोरङको रंगेली नगरपालिका १ बिशाल बजार चौक स्थितमा को १ ह ४८०२ नम्बरको टेम्पोबाट १६ केजी गाँजा बरामद भएको छ ।
शनिबार राती ८ बजे ईलाका प्रहरी कार्यालय सखरदिनाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा सो परिमाणको गाँजा फेला परेको हो ।

गाँजा फेला परे पश्चात टेम्पो चालक मोरङ बेलबारी नगरपालिका ३ का २४ बर्षीय बुद्दराज राईलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।