कांग्रेस मोरङ ३(क) को सभापतिमा याख्खा, ३(ख) मा चौधरी


नेपाली कांग्रेसको प्रदेशसभा क्षेत्रिय अधिवेसनबाट मोरङ ३(क) र ३(ख) मा नयाँ नेतृत्व चयन भएको छ । मोरङ ३(क)मा गंगा याख्खा सभापति रहेको नयाँ कार्यसमिति चयन भएको हो । मोरङ ३ (ख) मा जगतलाल चौधरी सभापति रहेको कार्यसमिति निर्वाचित भएको छ । कोइराला समुहको प्यानल विजयी भएको हो । बेलबारीमा सम्पन्न निर्वाचनमा जगतलाल चौधरीले केदार अधिकारीलाई पराजित गरेका हुन् । चौधरीले १ सय ५६ मत प्राप्त गरेका थिए भने अधिकारीले ९५ मत प्राप्त गरेका थिए । उपसभापतिमा ओमप्रकाश मास्के र कल्पना क्षेत्री विजयी भएका छन् । सचिबमा कमल सुब्बा र जयप्रसाद सिटौला,सहसचिबमा जनक खत्री र सम्पतलाल खवास विजयी भएको मतदान अधिकृतको कार्यालयले जानकारी दिएको छ । दुवै क्षेत्रमा कोइराला समुहको प्यानल विजयी भएको हो ।