ब्राउन सुगर सहित झापाबाट एक पक्राउ

झापा ।
झापाबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ । शनिबार बेलुका साढे ५ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुन्धारा नगरपालिका ११ स्थित बसपार्कबाट बिर्तामोड नगरपालिका ५ का २४ बर्षीय अभिसेक राजबंशीको साथबाट ब्राउन सुगर ३ ग्राम ३३० मिलिग्राम बरामद गरेको छ ।
ब्राउन सुगर बरामद भए पश्चात उनी सवार ज ८प ८१३२ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।