उदयपुरमा मोटरसाईकलको ठक्करबाट पदैल यात्रीको मृत्यु

उदयपुर ।
उदयपुर बेलका नगरपालिका ५ जहडा मदन भण्डारी लोक मार्ग स्थितमा मोटरसाईकलको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७० बर्षीया ईच्छा कुमारी राई रहेकी छिन् ।
शनिबार बेलुका साढे ६ बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको को ३४ प २०३७ नम्बरको मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएकी राईको धरान घोपामा उपचारको क्रममा राती साढे ९ बजे मृत्यु भएको हो ।
सो दुर्घटनाबाट मोटरसाईकल चालक सप्तरी सप्तकोशी नगरपालिका १ का ३५ बर्षीय आलोक राई समेत घाईते भएका छन् । उनको सोही अस्पतालमानै उपचार भईरहेको छ । मोटरसाईकल प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।