उदयपुरमा खोलामा डुबेर एकको मृत्यु

उदयपुर ।
उदयपुर त्रियुगा नगरपालीका ११ पुरानो गाईघाट बस्ने ३१ बर्षीय मनोज चौधरीको खोलामा डुबेर मृत्यु भएको छ ।
चौदण्डीगढी नगरपालीका १० देबधार भिमसेथान स्थित खोलामा पिकनिक खान पुगेका चौधरी खोलामा पौडी खेल्ने क्रममा अचानक पानीमा डुबेर घाईते भएको थिए ।
घाईते उनको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।