चार सय ४४ जना कोरोनामुक्त

पछिल्लो २४ घण्टामा देशभर चार सय ४४ जना कोरोना संक्रमणबाट निको भएका छन् । यो सहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९९ हजार नौ सय ८९ जना पुगेको छ ।

दुई सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार एक सय ३६ जनाको नमूना परिक्षण गर्दा तीन दशमलव ३९ प्रतिशत अर्थात दुई सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएका सहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १८ हजार सात सय ८७ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९५ हजार तीन सय आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
आज थप एक जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ९५ जना पुगेको छ ।
अहिले नेपालमा सात हजार तीन सय तीन जना सक्रिय सङ्क्रमित रहेका छन् ।