संखुवसभामा लडेर एकको मृत्यु

संखुवसभामा लडेर एक जनाको मृत्यु भएको छ । मकालु गाउँपालिका–३ सिम्लेमा गएराति शौचालय जाने क्रममा लडेर उदयपुर बेलका नगरपालिका–८ का ३१ वर्षीय राजु माझीको ज्यान गएको हो ।

माझी खाँदबारी किमाथाङ्का सडक निर्माण गर्ने स्वामी नारायण कन्स्ट्रक्सनमा काम गर्दथे । लडेर घाइते भएका माझीको सिम्मा स्वास्थ्य चौकीमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।