बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

बिराटनगर ।
बैकिङ कसुर मुद्धाका उच्च अदालत बिराटनगरको २०७८÷०१÷१३ गतेको फैसलाले १० दिन कैद र २१ लाख ५० हजार जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१६ का ५२ बर्षीय मदन राई रहेका छन् ।

अदालतबाट कैद तथा जरिवाना फैसला भएता पनी हाल सम्म फरार रहदै आएका राईलाई प्रादेशिक अनुसन्धान समुह बिराटनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका राईलाई तोकिएको कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।