एक सय ८० केजी गाँजा सहित सुनसरीबाट १ पक्राउ

सुनसरी ।
सुनसरीको देवानगंज गाउँपालिका–४ बाट ठुलो परिणामको गाजा सहित १ जना पक्राउ परेका छन् । बुधवार दिउँसो देवानगंज स्थित सिमा क्षेत्रमा ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको चेकिङ टोलीले प्रदेश –१–०४–००१ त ०६६६ नंम्बरको ट्याक्टर चेकजाँच गर्ने क्रममा उक्त ट्याक्टरमा १८० केजी लागुऔषध गाँजा फेला परेको थियो ।
चेकजाँच हुने क्रममा ट्याक्टर चालक फरार भएका थिए भने उक्त ट्याक्टरलाई को २९ प ८४८६ नम्बरको मोटरसाईकलले स्कटिङ गर्ने देवानगंज गाउँपालिका–५ का २५ बर्षीय सन्तोष कुमार मेहेता पक्राउ परेका हुन् । फरार भएका चालकको खोजतलास भईरहेको छ भने बरामद भएको गाँजा, ट्याक्टर र मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।