बेलबारी ।
डाँका मुद्दाका फरार प्रतिवादी बेलबारी नगरपालिका–७ बस्ने ५६ वर्षीय टंक नारायण चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत मोरङको २०७३ चैत ७ गतेको फैसलाले डाँका मुद्दामा ६ वर्ष कैद र ७४ हजार ५ सय ५० रुपैयाँ सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।