२४ घण्टामा एक लाख भन्दा धेरैले लगाए खोप

पछिल्लो २४ घण्टामा एक लाख जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । २४ घण्टामा एक लाख एक हजार सात सय ६१ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा अहिलेसम्म ७६ लाख ७५ हजार आठ सय ९९ जनाले पूर्ण मात्रा र ८९ लाख ६१ हजार आठ सय ७१ जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् । समग्रमा नेपालमा एक करोड ६६ लाख ३७ हजार मात्रा भन्दा धेरै खोप लगाइएको छ ।