थप चार सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप चार सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार नौ सय ९३ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ४३ प्रतिशत अर्थात् चार सय १२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप दुई सय दुई जना निको भएका छन । अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९८ हजार नौ सय १६ पुगेको छ ।
यही अवधिमा एक जना सङ्क्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ८३ पुगेको छ ।

नेपालमा अहिले सात हजार ६ सय ३६ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।