नाईटबसको ठक्करबाट बेलबारी ४ का एक बालकको मृत्यु

मोरङ ।
पथरी शनिश्चरे नगरपालिका २ जय चोक स्थित राजमार्गमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका ४ बस्ने भावना अचार्यको ७ बर्षीय छोरा बिवस आचार्य रहेका छन् ।

मंगलबार बिहान साढे ७ बजे प्रदेश–३–००१ ख २०० नम्बरको काठमाडौबाट आएको नाईट बसले बालक आमासंग बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भिर घाईते भएका बालकको उपचारको लागी पथरी अस्पतालमा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
दुर्घटना गराई फरार रहेको बसलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले चालक भोजपुर रामप्रसाद राई गाऊपालिका ६ का ३४ बर्षीय शम्भु थापा सहितलाई पक्राउ गरेको छ ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।